“सत्य, न्याय र जनहितका लागि समर्पित सम्पूर्ण सञ्चारकर्मीहरूप्रति समर्पित विशेष गीत”

हामी पत्रकार, सत्यको खोजीमा हिँड्ने सञ्चारकर्मी
सत्य, न्याय र जनहितका लागि समर्पित हाम्रा कर्मि!

(कोरस)
कलमको शक्तिले समाजलाई जगाउँछौँ,
अध्यारो फालेर सत्यको दीप जलाउँछौँ!
देश होस् या प्रवास, जनताका दुःख बोल्छौँ,
भ्रष्टाचार र अन्यायका ढोकाहरू खोल्छौँ!

हामी पत्रकार… निष्पक्ष समाचार हाम्रै पहिचान,
स्वतन्त्र प्रेस र निष्ठामा समर्पित हाम्रो ज्यान!